नेकपा एमालेको महाधिवेशन दुई दिन लम्बिँदा करिब डेढ करोड रुपैयाँ बढी खर्च भएको छ । एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म तय भए पनि तोकिएको समयमा नेतृत्व चयनको प्रक्रिया सम्पन्न हुन नसकेपछि दुई दिन लम्बिन पुगेको थियो । १२ गते एक दिन सहमतिको प्रयास गरिँदा निर्वाचन कार्यक्रम र बन्द सत्र प्रभावित भएको थियो भने त्यसपछि निर्वाचन कार्यक्रम अघि बढाउँदा आज सम्म भएको हो ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले दुई दिन महाधिवेशन लम्बिँदा करिब १ करोड ५० लाख बढी खर्च भएको बताए । यसको यकिन विवरण पछि प्राप्त हुने बताएका छन । हालसम्म महाधिवेशनमा करिब ९ करोड खर्च भएको छ । एमालेको महाधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सक्ने तयारी गरेको छ । महाधिवेशनमा एमालेका २१५३ प्रतिनिधि सहभागी छन् ।
Post Views: 26