एमाले र माओवादीका महासचिव पराजित

Share this post :

Facebook
Twitter
WhatsApp

ठूला कम्युनिष्ट पार्टीका महासचिवहरु पराजित भएका छन् । पार्टीभित्र मात्र नभई व्यवस्थापकीयरुपमा शक्तिशाली मानिने पदमा रहेका एमालेका महाससचिव शंकर पोखरेल र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ पराजित भएका हुन् । विहीवार सार्वजानिक भएको नतिजा अनुसार पोखरेल माओवादी केन्द्रकी रेखा शर्मा र गुरुङ एमालेका पृथ्वीसुव्वा गुरुङसँग पराजित भए ।
पोखरेल दाङ २ वाट निर्वाचन लडेका थिए भने गुरुङ लमजुङबाट । दाङमा एमालेका महासचिव पोखरेललाई माओवादीकी शर्माले १ सय ९६ मतको अन्तरले पराजित गरिन् । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दा पोखरेलले २६ हजार ६ सय ८१ मतमात्रै प्राप्त गरे । उता लमजुङमा एमाले उपमहासचिव गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गरेर विजयी भए । माओवादीका महासचिव गुरुङले भने ३१ हजार ७ सय ८१ मतमात्रै ल्याएका थिए । ३ हजार १ सय ८८ मतान्तरले उनी पराजित भएका हुन् । महासचिव पोखरेल यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री थिए । माओवादी महासिचव गुरुङ भने माओवादीको प्रमुख सचेतकको रूपमा संघीय संसदमा सक्रिय थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूपछि पार्टीको नेतृत्व लिन सक्ने नेताको रूपमा गत वर्ष भएको पार्टी महाधिवेशनमा आ–आफ्नै जोडबलमा महासचिवको भूमिकामा राखेका थिए । लोकतन्त्रमा निर्वाचन प्रणलीमा नगई दुवै अध्यक्षले आफ्नै बलबुजले उनीहरुलाई पदमा पुयाएका थिए । दुवै महासचिव अध्यक्षका नजिकका र विश्वासिला पात्र मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *