बुधबार रातीदेखी सुरु भएको मतगण्ना अनुसार स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेकी सचिव पद्मा अर्याललाई उछिन्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता लिएका छन् । एमाले उम्मेदवार अर्यालले ५ हजार ४ सय ६९ मत ल्याउदा धनराजले ७ हजार ४ सय ७६ मत प्राप्त गरेका छन् । स्याङ्जा–२ मा कुल ७० हजार १ सय ९१ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेशसभातर्फ पनि कांग्रेस उम्मेदवार भोजराज अर्यालले अग्रता लिएका छन् । एमालेका मोहनप्रसाद रेग्मीलाई पछाडि पार्दै उनी अघि लागेका हुन् । स्याङ्जा–२ मा मतदान भएको १० दिनपछि मतगणना सुरु गरिएको हो । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चापाकोट नगरपालिकाअन्तर्गत कांग्रेसले ४ वटा बुथ कव्जा गरी मतदान गरेको आरोप नेकपा एमालेलगायतका राजनीतिक दलले लगाएपछि मतगणना रोकिएको थियो ।
Post Views: 27