एसईई नतिजा सार्वजानिक हुने

Share this post :

Facebook
Twitter
WhatsApp

एसईईको परीक्षाको नतिजा आज सार्वजानिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले बुधबार दिउँँसो एसईईको नतिजा सार्वजनिक गर्ने भएको हो । एसईई नतिजा सार्वजनिकको लागि बोर्ड बैठक राखिनेगरि सवै जनालाई डाकिएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जनाए ।
मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै नतिजा प्रकाशनको डेमोसमेत देखाइएको थियो । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि रुजुको काम नसकिएकाले दोस्रो हप्ता धकेलिएको कार्यालयले जनाएको छ ।
रायमाझीका अनुसार विगतका वर्षमा विद्यार्थीको सिम्बोल नम्बर, जन्ममिति, नामथरलगायत विवरणमा धेरै त्रुटि भएर उनीहरुले सच्याउन दुस्ख पाउने गरेकाले यस पटक नतिजाअघि नै अधिकतम जाँच गरिएको हो । ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् ।
त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *