एसईई परीक्षा सम्बन्धमा शिक्षा निर्देशनालयकाे जारी अपिल (जस्ताकाेतस्तै)

Share this post :

Facebook
Twitter
WhatsApp

यहि २०७९ वैशाख ०९ गते विहान ०६:०० बजे देखि सञ्चालन हुन गई रहेको SEE परीक्षा २०७८ को सम्पूर्ण तयारी पुरा भएको छ । उक्त परीक्षामा यस प्रदेशबाट नियमित तर्फ ४५१५५ जना, प्राविधिक धार तर्फ ८१५ जना र ग्रेड वृद्धि तर्फ २२१ जना गरी कुल ४६१९१ परीक्षार्थी सहभागी हुने छन् । यस प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका गरी जम्मा १३४१ विद्यालयहरुलाई २२३ परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन हुने व्यवस्था मिलाइएको छ । उक्त परीक्षा सञ्चालनका लागि २२३ जना केन्द्राध्यक्ष, ३१२ जना सहायक केन्द्राध्यक्ष, २३११ जना निरिक्षक, ४५८ जना परीक्षा सहायक, ९२५ कार्यालय सहयोगी र करिब ३३४५ जना सुरक्षाकर्मी खटिदै छन् । गत विगत देखिने प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा जिल्ला परीक्षा व्यवस्थापन समिति गठन भई जिल्लाको SEE परीक्षा सम्बन्धी व्यवस्थापन गर्दै आइरहेको व्यहोरा सबैलाई विदितै छ ।

साथै मिति २०७८।१०।२४ मा राष्ट्रिय परीक्षा बोर्ड नियमावलीमा पहिलो संसोधन भई आ-आफ्नो प्रदेशको SEE परीक्षालाई थप व्यवस्थित र मर्यादित बनाउने लगायतका थप जिम्मेवारीका साथ प्रदेश शिक्षा सचिवज्यूको अध्यक्षतामा पाँच सदस्यीय प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति गठन हुने प्रावधान अनुरुप उक्त समितिको बैठक बसी यस प्रदेश भित्रको परीक्षालाई थप मर्यादित बनाउन विभिन्न निर्णय भई जिल्लाहरुलाई पत्राचर समेत गरि सकिएको छ । सथै परीक्षालाई थप मर्यादित र शान्तीपूर्ण बनाउन आजै आन्तरिक मामिला मन्त्रीज्यूको अध्यक्षतामा प्रदेश सुरक्षा समन्वय समितिको बैठक वसी परीक्षाको स्वच्छता, अनुशासन र मर्यादा कायम गरी शान्तीपूर्ण र भय रहित वातावरणमा परीक्षा सञ्चालनमा सहयोग पुयाउने निर्णय समेत भएको छ ।

अन्तमा, यस वर्ष यस प्रदेशबाट SEE परीक्षामा सम्मिलित हुने सम्पूर्ण परीक्षार्थीहरुलाई डर त्रास विना उच्च मनोबलका साथ परीक्षामा सहभागी हुन अनुरोध गर्दै सफलताको लागि शुभकामना प्रकट गर्दछु । परीक्षालाई स्वच्छ, मर्यादित र व्यवस्थित बनाउन सबै स्थानीय प्रशासन, स्थानीय तह, नगारिक समाज, विद्यालय व्यवस्थापन समिति, शिक्षकका पेसागत संघ/संगठन, शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, समाजसेवी र सञ्चारकर्मी लगायत सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक अपिल गर्दछु ।

अम्बिकाप्रसाद अार्चाय (निर्देशक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *