ओरालो लागेको विश्वविद्यालयको कथा

Share this post :

Facebook
Twitter
WhatsApp

असार १२ गते त्रिभुवन विश्वविद्यालयले ६४ औं जन्मदिन मनायो । विश्वविद्यालयले निकै तामझामका साथ जन्मदिन मनाए पनि यसले आम अभिभावकको ध्यान तान्न सकेन । २५ वर्षे सेवा अबधी पुरा गरेका प्राध्यापक कर्मचारीलाई दीर्घ सेवा पदक दिएर उनीहरूको सम्मान गरेको छ ।

हाल त्रिविमा ४ वटा सङ्काय, ५ अध्ययन संस्थान, ४ अनुसन्धान केन्द्र, ४४ केन्द्रिय बिभाग, ४ स्कुल्स, ६२ आङ्गिक क्याम्पस, १०६४ सम्बन्धन प्राप्त क्यामपसलाई साथमा लिएर ऊ लरखरिंदो बनेर हिंडेको छ । करिब ४ लाख बिद्यार्थीले उच्च शिक्षा पढ्ने त्रिविले सामाजिक न्यायको काम गर्न सकेको छैन ।

आज भोली नेपालका संचारमाध्यममा त्रिविको नकरात्मक समचार धेरै जसो आउने गर्छ । किन भन्ने प्रश्नको उत्तर नै विश्वविद्यालयका पदाधिकारी खोज्न चाहान्न् । शिक्षा मन्त्रीले यो कुरा बुझेनन् वा उनको प्राथमिकतमा यो कुरा परेन उनै जानुन् ।
विद्यार्थी संगठनदेखि, कर्मचारी र प्राध्यापकहरूका आ-आफ्नै स्वार्थ छन् । यसै कारण त्रिवि थला पर्न थालेको छ र यसको यात्रा ओराली लागेको मृगको जस्तै छ यतिबेला । विद्यार्थीले शैक्षिक मागमा भन्दा पैसा उठाउने काममा ध्यान दिन्छन् । कतै पदाधिकारीलाई कालो मोसो दल्नेदेखि कुर्चीलाई रूखमा झुण्डाएको फोटो गर्व मानेर सामाजिक संजालमा राख्छन् । तिनका माउ पार्टीले यसैलाई राम्रो भनेर स्याबासी दिन्छन् ।

स्वार्थको जालोमा त्रिवि
संघ संगठनमा लागेका कर्मचारी शक्ती देखाउन कै लागी वर्ष दिनमा ३ पटक सम्म सरुवा हुन्छन् मालदार स्थानमा । प्राध्यापकले जालो फिजाएर बसेका छन् र धेरै कमले त्रिविमा पढाउँछन् । प्राध्यापकदेखि विद्यार्थीको लोभको जालोमा त्रिविका पदाधिकारी रमाएका छन् । यस प्रश्नको उत्तर कसैले दिदैन र सरकारले पनि खोज्दैन ।

हिराबहादुर महर्जन भिसी हुँदा ५३ वटा क्याम्पसलाई BCA दिने भन्ने निर्णय नै गरेका थिए । पहिला मानबिकी क्याम्पसलाई मात्र कार्यक्रम दिने भनेर शुरू गर्न थालिएको BCA कार्यक्रम पछि ब्यबस्थापनको कार्यक्रम चलाएको कलेजलाई पनि दिइएको थियो । यो कार्यक्रमका लागी पाठ्यक्रम तयार पार्न आर्थिक सहयोग गरेको एक नीजि कलेजलाई कार्यक्रम दिन त्रिवि तयार भएको थियो । पछि धेरै निजी कलेजले यो कार्यक्रम चलाए ।

महर्जनले ५३ वटा क्याम्पसलाई BCA दिन गरेको निर्णय लागू नहुँदै तीर्थ खनिया भिसी बने । विद्यार्थी नेतालाई रिझाउन कै लागी उनले पहिलाको निर्णय स्थगित गरेर फेरी कलेजबाट आशय पत्रको निबेदनको माग गरे । पछि १ सय २३ क्याम्पसलाई दिने निर्णय गरेर विद्यार्थी नेताहरूलाई खुशी बनाए । १ सय २३ क्याम्पसमा अहिले क्षमता अनुसार BCA चलेको छैन । तर त्रिविमा रहेको स्वार्थको जालो बारे धेरैलाई थाह छ । BCA को सम्बन्धनको जालो फैलाएर पैसा कमाउने पदाधिकारी, विद्यार्थी नेतादेखि पार्टीका नेताहरू पनि खुशी नै बने । यो कामबाट त्रिविको हालत झन बिग्रियो ।

विद्यार्थी भर्ना र परीक्षा
त्रिविमा स्नातक पढ्न भर्ना भएको बिद्यार्थीको परिक्षा समयामा हुन्न । सायद यही कुरालाई बुझेर प्रधानमन्त्री पुष्पकमल दाहालले सिनेट बैठकमा शैक्षिक क्यालेण्डर लागू गर्न जोड दिए । उनले त्रिविले बिद्यार्थी र अभिभावकको समय र पैसाको वचत गर्न भर्ना, कक्षा संचालन, परिक्षा र नतिजाबारे ध्यान दिन भनेका थिए । तर, त्रिविमा नतिजा प्रकाशन गर्न २० महिना लागे पनि कुनै पदाधिकारी र कर्मचारीलाई कारबाही भएको छैन ।
भर्ना, परीक्षा र नतिजा बारे त्रिबिका कर्मचारी, प्राध्यापक र विद्यार्थीको माग कहिल्यै बन्दैन । माग बन्छ त ज्यालादारी, करार, स्थायी, बढुवा र पैसाको । त्रिविको ओरालो यात्रा गराउने र त्रिवि डुबाउने खुम्ले किरा यिनै हुन् । कुनै पनि विश्वविद्यालयले पठनपाठन र अनुसधानको पाटोलाई ध्यान नदिने हो भने त्यो हुल्लडबाजको बासस्थान जस्तै हुन्छ भन्ने कुरा पदाधिकारीले बुझ्नु पर्छ ।

त्रिविमा सेवा आयोगले शिक्षकका लागी परिक्षा लिने भनेर दरखास्त आह्वान गर्छ, उमेदवारले फारम भर्छन् तर २० महिना सम्म परिक्षा लिन्न । क्याम्पसमा कर्मचारी चाहियो भनेर क्याम्पस प्रमुखले मनपरी कर्मचारी आंशिक, ज्यालादारी, इनट्रनशिप र अस्थाई भनेर भर्न गर्छन् । यसरी क्याम्पसमा हुने लापारबाही रोक्ने कोही छैन । त्याहाँ त तिनै विद्यार्थी नेताका श्रीमति, साला-साली र आफन्त नै काम पाउँछन् । पहिला आंशिक, ज्यालादारी, इनट्रनशिप र अस्थाई भनेर भर्ना गर्ने र पछी स्थायीका लागी दवाव दिने समुह त्रिविमा अड्डा जमाएर बसेका छन् ।
आ-आफ्ना पार्टीका सरकार हुँदा आ-आफ्ना मानिसको राइदाइ गर्नमा कर्मचारीदेखि प्राध्यापक संघका खुम्लेहरूको बिगबिगीमा त्रिवि थला परेको यथार्थ नै हो ।

कहाँ चुक्यो सेवा आयोग र त्रिवि ?
त्रिविमा जागिर खानेको मात्र भलो हुने गरेको छ । संघ संगठनका नेताहरू सबैले आ-आफ्नालाई स्थान दिएकै छन् । सेवा आयोगले परिक्षा लिएर समयमा शिक्षक नपठाए पछि क्याम्पस प्रमुखले राजनैतिक दल र विद्यार्थी नेतालाई खुशी पार्न आंसिक र करारमा शिक्षक राख्छन् । २०६५ मा राखेका शिक्षक आन्तरिक परिक्षा लिंदा पनि स्थायी बन्न नसकेका करिब ४ सय जना करारका शिक्षक हुँदाहुँदै धेरै स्थानमा त्रिविले करारमा शिक्षक राख्न पत्र नै काटेको छ । पछि तिनै शिक्षक स्वत स्थायी भनेर दलको झण्डा बोक्छन् र भन्छन् –हामी कक्षामा पढाउँदा योग्य हुने स्थायी हुन किन अयोग्य ? यस्ता फोहोरी कामबाट त्रिबि डुबेको सत्य नबुझे सम्म यसको यात्रा उकालो लाग्दैन ।

त्रिविले २०४७ को राजनैतिक परिवर्तनपछि धेरै शिक्षकलाई स्वतः स्थायी गरेको थियो अन्तरिम प्रम कृष्णप्रसाद भट्टराईका पालामा । पछि कमलकृष्ण जोशीले शक्तिको प्रयोग गरेर धेरै जनालाई अस्थायी शिक्षक बनाए । त्यो समयका धेरै शिक्षकहरू २०६४ को आन्तरिक परिक्षामा स्थायी बने ।
२०६५ सालमा गिरिजाप्रसाद कोइरालाले रत्न पार्कमा अनसन बस्नेहरूलाई फेरी करार गरे । करिब १३ सय दरबन्दी अर्थ मन्त्रालायबाट स्वीकृत गराएर कार्यकर्या भर्ती नै गरे । उनीहरू मध्ये करिव ९ सय जना २०७२ को आन्तरिक आयोगबाट स्थायी बनेको कुरा पृथ्बीनारायण क्याम्पसका प्राध्यापकको भनाइ छ ।

२०६५ मा ठुलो सङ्ख्यामा करार भएका २०६८ को खुला विज्ञापनबाट स्थायी हुन सकेनन् । नयाँ र क्षमतावानसँग प्रतिस्पर्धा गर्न नसक्नेने स्वतः स्थायी वा प्रक्रिया पुराएर स्थायी गर्नुपर्ने माग राखेर सिंहदरवारदेखि बालुवाटारमा धाएका छन् यो समयमा ।
निजामतीदेखि प्रहरी, सेना र संस्थानमा चलको चलन भनेको योग्यताको नामावली निकाल्दा पहिला आउनेहरू नै रोलक्रममा अगाडी आउँछन् । तर त्रिविमा यस्तो हुँदैन । १३ सय जना शिक्षकह जुन आन्दोलनबाट करार बने । २०६८ को सेवा आयोगको खुला परिक्षाबाट स्थायी हुनेहरू तिनै जुसे करार भन्दा रोलक्रममा पछि हुने प्रथाले नै त्रिविलाई ध्वस्त पारेको छ ।
२०६५ मा करार बनेका शिक्षक २०७२ को आन्तरिक परिक्षामा स्थायी बने । अब त्रिवि सेवा आयोगले सह-प्राध्यापकको विज्ञापन खुलाउँदा २०६५ का जुसे करारले बढुवाका लागी ३० नंबर पाउँछन् भने २०६८ मा खुलाबाट स्थायी बनेका प्रतिस्पर्धीले मात्र २४ नम्बर पाउँछन् ।
क्षमताको गणना गर्ने प्रणाली स्थापना नगरेसम्म त्रिवि सप्रन्न र यसले विद्यार्थीको समय र अभिभावकको पैसाको सदुपयोग गर्न सक्दैन भन्ने कुरा नीति निर्माताले बुझ्न सक्नुपर्छ ।
तेल भिसाको नियन्त्रण र असाधारण बिदामा बसेकालाई बढुवा गर्ने माथी किन कारबाही नहुने ?
त्रिविमा हाल तेल भिसाले पढाइ बिगारेको छ । हुने खानेका छोरा-छोरी, ज्वाईं-बुहारी बिदेश जाने र जुनसुकै बेला पनि जन्मेका नाती-नातीनाको स्याहार गर्ने नाममा तेल भिसामा जान कै लागी ६ महिनासम्म बिदा बस्ने चलन त्रिविको संस्कार नै बनेको छ ।

त्रिविमा शक्तीको आडमा रहेका शिक्षकले असाधारण बिदाको पैसा लिन्छन् । सेवा आयोगमा नम्बर जोडाएर बढुवा हुन्छन् र पेन्सन पनि त्यही अनुसार बनाउँछन ।
यो गैर कानुनी काम गर्न त्रिविका पदाधिकारीले सबै ब्यबस्था मिलाईदिन्छन् । तिनै पदाधिकारीले सरकारले हाम्रो चित्कार सुनेन भनेर पत्रपत्रिकामा सेटिङ्गको अन्तरबार्ता छाप्छन् र हामी मख्ख परेर पढ्छौं । यस्ता कुरा सुनाउन प्राध्यापकले प्रधानमन्त्रीकोमा निबेदन हाल्नु पर्ने कुन अबस्थामा हामीले विश्वविदयालाय बनायौं होला ?

विद्यार्थीको परीक्षाफल समयमा प्रकाशित नगर्ने, शिक्षक कर्मचारीको नियुक्ति, बढुवा, सरुवा लगायतका विषयमा नियमभित्र रहेर गर्नुपर्नेमा राजनैतिक रङ्ग दिनेहरूले त त्रिवि सुधार गर्छु भनेर भन्ने खुम्लेहरूलाई सरकारले समयमा नै बुझ्नु पर्छ ।
नेपालको दीगो विकास गर्न त्रिवि सुध्रनै पर्छ । कुनै पनि काम त्रिविका पदाधिकारीले समयमै नगर्ने र आफनो स्वार्थ अनुकुलका निर्णय लिने कामको अन्त्य गराउन शिक्षा मन्त्रालय अब जिम्मेवार हुनुको बिकल्प छैन । पदाधिकरीहरूले नियुक्ति, सरुवा, बढुवा र जथाभावी उपत्यका बाहिरका क्याम्पसबाट उपत्यकामा सरुवा गर्ने रोगका कारण कतै शिक्षकको अभाव र कतै शिक्षकले काम नपाउने अव्स्था पदाधिकारी कै कारण भएको हो । पदाधिकारी नियम विपरित गएकै कारण त्रिविमा अराजकता बढन थालेको हो ।

त्रिविले पछिल्लो समयमा राजनैतिक दवाबमा विश्वविध्यालय अनुदानका पुर्व सदस्य सचिब प्रा शंकर भण्डारीलाई असाधरण बिदाको समयसमेत जोडेर सह-प्राध्यापकबाट प्राध्यापकमा बढुवा गरेको हो । यसको सुनुवाइ हुनु पर्दैन । असाधरण बिदामा बसेका भण्डारीलाई सेवाको गणना गरेर नम्बर दिने पदाधिकारीलाई सरकारले किन कारबाही गर्न सकेन ? यस बारे प्रश्न उठ्दा समेत अख्तियारले किन छानबिन गरेन ? त्रिवि ओरालो लाग्नमा यस्ता धेरै तथ्यहरू जिम्मेवार छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम २०५० को परिच्छेद ५ को ३२ (२) अनुसार असाधारण बिदामा बसेको शिक्षक कर्मचारीले तलब पाउँदैन । यो कुरा माथी नै उल्लेख गरिएको छ । नियम ३२ (४) मा यसरी विदामा बसेकाको सेवा अवधी गणना समेत नहुने प्रष्ट उल्लेख छ । असाधारण बिदामा बसेकाको समयावधि गणना गरेर बढुवा गर्न कानुनतः मिल्दैन ।

त्रिविका उपकुलपति डा धर्मकान्त बास्कोटाले नियम विपरित असाधारण विदामा बसेका भण्डारीलाई विदाको अवधीसमेत जोडेर पेन्सन खाने ब्यबस्था मिलाइदिएका छन् । निज भण्डारीले असाधारण बिदा मिलाएर सेवा अवधीको समेत गणना जोडेर प्राध्यापकको पेन्सन खुवाउन सहयोग गर्ने बर्तमान पदाधिकारीलाई अब कारबाही हुन्छ कि हुन्न ? यसका लागी २०७६ माघ २१ मा त्रिविका कानुनी सल्लाहकार नारायण खनालको राय र कार्यकारी सचिव सूर्यप्रसाद अधिकारीले सबै ब्यबस्ता मिलाएका हुन् । पाटन संयुक्त क्याम्पसका शिक्षक शंकर भण्डारीलाई असाधारण बिदाको समयको सेवा जोडेर पेन्सन हुने ब्यवस्था मिलाउनु कानुनतः मिल्दैन ।
उपकुलपति प्राडा धर्मकान्त बास्कोटा, रेक्टर प्राडा शिवलाल भुसाल, रजिस्टार प्राडा पेशल दाहालसहित नारायण खनाल र सूर्यप्रसाद अधिकारी समेत यो अख्तियारको दुरुपयोग गर्न मिलेको कुरा कागाजातबाट देखिन्छ ।

त्रिविमा मनपरितन्त्र
त्रिविका पदाधिकारीले अन्य सरुवा र बढुवामा पनि अख्तियारको दुरुपयोग गरेको प्रमाण धेरै छन् । बिहान ३० मिनेट र बेलुका ३० मिनेट बढि समय दिने गरी ३० प्रतिशत थप सहुलियत दिने निर्णयबाट त्रिवि निकै घाटामा रहेको छ ।
त्रिविका विशिष्ट श्रेणीको कर्मचारी बिष्णुप्रसाद थपलियालाई महाराजगंज पठाएर सह-प्रशासक बिष्णु अर्याललाई अधिकार दिने काम भिसी बास्कोटाले गरेका छन् । थपलियालाई बाहिर पठाएर प्रथम श्रेणीको कर्मचारी विष्णु अर्याललाई बर्तमान पदाधिकारीले कार्यकारीमा लगेका छन् ।
कुनै पनि कर्मचारीलाई बढीमा ६ महिनासम्म कामु दिने समय तोकिएको छ । तर, त्रिविले यो नियम उल्लङ्घन गरेको पाइएको छ । बर्तमान आर्थिक प्रशासन प्रमुखले ५ वर्ष भन्दा बढि कामु प्रमुख बनेर पछिल्लो समय मात्र बढुवा बनेका छन् । यसले त्रिविमा कर्मचारीको बढुवा प्रक्रियालाई चुनौति दिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *