शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा सञ्चालन गर्न र वैशाखमा नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।सूचनाका अनुसार शैक्षिक सत्र २०७८ मा ओमिक्रोनकोभिड १९ संक्रमणले विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर परेकोले शैक्षिक सत्र २०७८ को पठनपाठन, परीक्षा तथा २०७९ को नयाँ भर्नाको समयमा परिवर्तन भएको छ ।
विद्यार्थीको पठनपाठनमा अधिकतम समय र प्राथमिकता दिन आवश्यक भएकाले शैक्षिक सत्र २०७८ को चैत मसान्तसम्मा विद्यालयले नियमित रुपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ । , एसईई परीक्षा वैशाख ९ बाट सुरु हुने भएकाले स्थानीय तहले कक्षा ८ को परीक्षा पनि वैशाखमा नै सञ्चालन गर्नुपर्नेछ । विद्यालयहरूले नयाँ शैक्षिक सत्र वैशाखमा नै सुरु गर्ने र जेठ १ गतेबाट पठनपाठन पनि सुरु गर्नुपर्ने उल्लेख गरिएको छ ।
