कक्षा १२ को नतिजा प्रकाशित

Share this post :

Facebook
Twitter
WhatsApp

कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । मंगलबार अपराह्न बसेको बोर्ड बैठकले परीक्षाफल प्रकाशित गरेको छ । गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको छ ।

बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन् । गत वैशाख २६ देखि जेठ ५ गतेसम्म देशभरका परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । करिब साढे ४ लाख विद्यार्थी परीक्षामा सहभागी भएका थिए । एक हजार ४ सय ५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *