कमल थापाद्धारा राप्रपा परित्याग

Share this post :

Facebook
Twitter
WhatsApp

कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन् । मंगलबार गृहजिल्ला हेटौंडामा पत्रकार सम्मेलनमार्फत आफू पार्टीबाट अलग रहने घोषणा गरेका हुन् ।
पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेका उनले बताएका छन् ।
मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट थिए । पूर्वअध्यक्षसमेत रहेका थापा नयाँ राजनीतिक दलको घोषणाको तयारीमा छन् । आफू राप्रपामा नरहने घोषण गर्दै थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचनमा हस्तक्षेप गरेको कारण आफू पराजित हुनुपरेको आरोप लगाए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *