स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ का २३ बर्षिय पवन जिसी ७ किलो ५ सय ग्राम गाँजासहित विहीबार पक्राउ परेका छन् । अर्जुनचौपारीको बर्षाभन्ज्याङ माझपाटास्थित सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । जिसीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
जिसीले आफ्नै घरमा ४ वटा बोरामा लुकाई छिपाई राखेको सुकेको गाँजा पनि पनि प्रहरीले बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार जिसीलाई विहीवार जिल्ला अदातलबाट लागुऔषध गाँजा सम्बन्धी कसुर मुद्दा दर्ता गरिएको छ ।
Post Views: 26