करेन्ट लागेर स्याङ्जामा एक जनाकाे मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

करेन्ट लागेर स्याङ्जामा एक जनाकाे मृत्यु भएकाे छ । वालिङ नगरपालिका-६ रसखाेला आमडालीका ३६ वर्षिय यमबहादुर थापाकाे मृत्यु भएकाे हाे । शुक्रबार उनलाई प्रहरीले मृत्त भेटाएकाे जनाएकाे छ । थापाकाे शब पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा राखिएकाे छ ।

प्रहरीले माछा मार्न प्रयोग हुने तार, रड र बांसको भाटासहित तीन जनालाई नियन्त्रणमा लिएकाे छ । प्रहरीका अनुसार मृतकसहित माछा मार्न ५ जना गएको बुझिएको छ । पक्राउ पर्नेमध्ये पाल्पाकाे रामपुर नगरपालिका- १० का ३७ वर्षिय दिपेन्द्र अधिकारी, पर्वत पैयु गाउँपालिका घर भई हाल वालिङ-६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने बर्ष २० को अनिल चौधरी र कन्चनपुर जिल्लाकाे बेलौरी नगरपालिका-६ घर भई साेही ब्लक उद्योगमा काम गर्ने बर्ष ६० को बलदेव राना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *