कर्णालीका मुख्यमन्त्रीले पाए दोस्रोपटक विश्वासको मत

Share this post :

Facebook
Twitter
WhatsApp

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत प्राप्त छन् । उनकाे पक्षमा २८ सांसदले मत दिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा शर्माले विश्वासको मत लिएका थिए ।

उनको विपक्षमा राप्रपाको १ मत खसेकाे छ । यसअघि विश्वासको मत नदिएको काँग्रेसले केन्द्रीय नयाँ गठबन्धन अनुसार यसपटक भने विश्वासको मत दिएकाे छ ।
पुस १० गते एमालेसहितको गठबन्धन बन्दा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र, नेकपा एकीकृत समाजवादी केन्द्रका २६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा शर्मा नियुक्त भएका थिए ।

राष्ट्रपति निर्वाचनलाई लिएर नयाँ राजनीति समिकरण बनेपछि राप्रापले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे थियाे । जसका कारण मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनु परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *