कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई इन्टरपोलको समन्वयमा बहराइनबाट पक्राउ गरि पोखरा ल्याइएको छ । १६ वर्षदेखी फरार रहेका पोखरा ३२ सातमुहानेका अशोक गुरुडलाई पुष १ मा पक्राउ गरिएको हो । पक्राउपछि मंगलबार उनलाई पोखरा ल्याइ्एको कास्की प्रहरीले जनाएको छ । सातमुहानेस्थित खुदीखोलामा ग्याविन जाली भर्ने मजदुरी गर्दै आएका धरानका २० वर्षिय रोजन राईलाई हत्या गरेको अभियोग लागेपछि उनी फरार थिए ।
प्रहरीका अनुसार २०६३ वैशाख २९ मा गुरुड र राईबीच झगडा भएको थियो । अशोकले कटुसको दाउराले राईको टाउकोमा प्रहार गरेपछि पश्चिमाञ्चलन क्षेत्रीय अस्पतालमा उपचारको क्रममा जेठ २ मा मृत्यु भएको थियो । गुरुड बराइनमा भएको पत्ता लागेपछि प्रहरीले असोज ६ मा कास्की जिल्ला अदालतबाट पक्राउको पुर्जी गर्ने अनुमति लिएको थियो । कास्की प्रहरीले पुराना मुद्दा खोल्ने क्रममा यो मुद्दा हात पारेको थियो गुरुलाइृ रेड नोटिस जारी गर्न अदालतको पक्राउ अनुमति इन्टरपोल शाखामा असोज १२ मा पठायो । मंंसीर २७ मा इन्टरपोल महासचिवलायबाट गुरुडलाई अन्र्तराष्टिय खोजतलाज एव्ं पक्राउका लागि रेड नोटिस जारी भयो । पुष १ मा गुरुड बराइनबाट पक्राउ परेका हुन् ।
उनलाई सुपुर्दगी माफर््त नेपाल झिकाउन कागजात प्रमाणित गरि इन्टरपोल शाखामा पठाएको थियो । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खदिएको प्रहरी टोलील्े मंगलबार गुरुडलाई ल्याएर नेपालस्थित महानगरीय प्रहरी बृत्त गौशालामा राखेको थियो । कास्की प्रहरीले उनलाई मंगलबार नै पोखरा ल्याएको जनाउदै बुधबार सार्वजानिक गर्यो । जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार उनलाई जिल्ला अदालतमा हाजिर गराई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सातदिनको म्याद थप गरिएको छ ।
