कलाकार पल शाह रिहा

Share this post :

Facebook
Twitter
WhatsApp

जवरजस्ती करणी अभियाेगमा दावी नपुग्ने भन्दै उच्च अदालत पाेखराबाट सफाई पाएका कलाकार पूर्णविक्रम (पल) शाह साेमबार जिल्ला कारागार तनुहँबाट रिहा भएका छन् ।

बाल यौन दुरुपयोगको अभियोगमा पूर्वी नवलपरासी जिल्ला अदालतबाट दोषी ठहर भएका पूर्णविक्रम (पल) शाहलाई उच्च अदालत पोखराले आइतबार सफाइ दिएको हो । कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । 

अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यका अनुसार शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएका छन् । शाहविरुद्ध नाबालिगलाई जबर्जस्ती करणीको मुद्दामा पूर्वी नवलपरासी जिल्ला अदालतले बाल यौन दुरुपयोग ठहर गर्दै साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले भदौ २१ मा उक्त फैसला गरेको थियो । 

फैसलाविरुद्ध शाहले सफाइ दिन माग गर्दै उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए । शाहविरुद्ध एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा परेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *