‘कस्तो पोखरा, कस्तो बनाउने ?’

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई प्रश्न गरिएको थियो, ‘कुनै पंखा बेसरी घुम्छन् तर, हावा दिँदैनन् । तपाईं मेयरपछि दौडधूपमा हुनुहुन्छ । जनताले परिणाम देख्न पाएका छैनन् । पोखराको कामले छोरी भेट्न फुर्सद छैनन भन्नुभयो । केही समयअघि सकिएको विश्वकप तपाईंले ठूलो स्क्रिनमा सहरमा देखाउनुयो । अब पोखराको उपलब्धि ठूलो स्क्रिनम कहिले देखाउने ?’
पोखरामा जारी दशौँ अन्तर्राष्ट्रिय साहित्य महोत्सवको ‘कस्तो पोखरा’ नामक सेसनमा मेयर आचार्यलाई सोधेको सुरुवाती प्रश्न थियो यो । उक्त बहसमा मेयरसँगै कास्की–२ कि प्रतिनिसिभा सांसद विद्या भट्टराई र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आननन्दराज मुल्मी सहभागी थिए ।
मेयर आचार्यले पोखराको विकासमा आफू व्यस्त हुनुका उदाहरण पेस गरे । उनले आफू निर्वाचित भएको ६ महिनामा सबैभन्दा बढी जनवरी १बाट सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र सोलिड वेस्ट म्यानेजम्यान्टमा बढी समय लगानी भएको बताए । ‘अन्तर्राष्ट्रि विमानस्थल, त्यसको तयारीमा रहेको सोलिड वेस्ट म्यानेजमेन्ट ल्याण्डफिल साइटको सन्दर्भमा हेर्ने, खोज्नमा समय गएको छ । अब हामी अन्तिम चरणमा पुगेका छौं,’ उनले भने ।
महानगरप्रमुख आचार्य निर्वाचित भएर आएपछि सबैभन्दा ठूलो समस्याको रुपमा रहेको ल्याण्डफिल साइट व्यवस्थापन उनको चुनौती थियो, उनले अब फोहोर मैला प्रशोधन केन्द्र निर्माण गर्ने निर्णय हालैको कार्यपालिका बैठकमा गरेको बताए । ‘नेपालभरिका सबै स्थानीय तहले फोहोर व्यवस्थापनको ठाउँमा टिकट काटेर जाने अवस्था बन्छ’ आचार्यले भने ।
एनले फास्टट्र्याकको योजनाबारे सुरु भइरहेको कामबारे बताए । ‘अहिले अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कने बित्तिकै तराईतिरको सहरजस्तो छ पोखरा । फोहार छन् ।त्यसलाई व्यवस्थापन गर्नेदेखि बसपार्क निर्माण गर्ने योजनामा छौं । बसपार्क व्यवस्थापनको काम भइरहेको छ ।सबै क्षेत्रका विज्ञलाई राखेर यातयात समिति बनेको छ । यातयातदेखि ट्राफिकसम्म सबैलाई व्यवस्थापन गरेका गर्नेछौं,’ उनले भने ।
उनले अवैध संरचना हटाउन परेका चुनाती र त्यसमा निरन्तर गरिरहेको प्रयासबारे बताए । ‘हामीले अन्डरग्राउण्डलाई खाली गर्यौं । त्यो सबैतिर खाली छ । कुनै धेरै धरपकड गर्नुपरेन ।सबैले खाली गर्नुभयो । सडकमा पैसा तिरेर बसेको वैधानिक पार्टी छ । त्यो तोड्का लागि हामीले प्रक्रिया अगाडि बढायौं ।पर्सिदेखि सबै अन्डरग्राउण्डमा पार्किङको व्यवस्था हुन्छ,’ उनले भने, ‘पछिल्लो अवधिमा पोखरा महनगरपालिकाले यसको मापदण्ड ३५ मिटर बनाउने निर्णय गर्यो ।त्यसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्यो । म आएपछि ६५ मिटर क्षेत्रभित्र कुनै पनि नयाँ संरचना नबनाउनु, बनाउन नदिनु भन्यो । आज हामीले त्यही गरेका छौं । सर्वोच्चले जति छिटो आदेश दिन्छ त्यति छिटो हटाउँछौं ।’
सहजकर्ताले उद्योगी आनन्दराज मूल्मीतर्फ प्रश्न तेस्र्याए, ‘तपाईंहरूले आन्दोलन र अनसन बसेर बनेको विमानस्थल हो । यो ल्याण्डफिल्ड साइट हामी बनाउँछौं भनेर निजी क्षेत्रले किन गर्न नसकेको ?’ मूल्मीले आफूहरूले पोखरा सहर बनाउन निजी क्षेत्रले धेरै योगदान गरे पनि कतिपय काम राज्य आफैंले गर्नुपर्ने बताए । ‘सबै कुरा निजी क्षेत्रले गर्देन । कति काम राज्य आफैंले गर्नुपर्ने छ । नीतिगत रुपमा निर्णय भएको भए गथ्र्यौं होला नि,’ उनले भने ।
मूल्मीले पोखरा नगरपालिका हुँदाकै संरचना अहिले महागनर हुँदा पनि त्यही भएको गुनासो गरे । ‘हामी के अपेक्षा गर्ने महानगरबाट । मेयरको नेतृत्वमा महानगरपालिकाले तत्कालै सुधार गर्न सकोस् । पोखरा प्रदुणमुक्त, हरियाली, स्वच्छ र सफा हुन सकोस्,’ उनले भने ।
उनले पोखरामा जन्मेका र पोखरालाई कर्मथलो बनाउन आउका साथीहरूले अपनत्व र आत्मीयता ग्रहण गरेको गरेको ठाउँलाई स्मरण गर्दै भने, ‘हिजोको पोखराको सुरुवात आजभन्दा २ सय ७० वर्ष अगाडि निजी क्षेत्रले नै सुरुवात गरेको थियो । काठमाडों उपत्यकाका शिल्पी, व्यवसायी र कामदार गरी १ सय ५० जनाबाट सुरु भएको पोखरा आज महानगरको रुपमा परिणत भएको छ । यसमा काम गर्ने साथीले गरेको योगदानको स्वरुप आजको पोखरा हो । पोखरा सधैं जीवन्त सहरको रुपमा कायम रहोस् भन्ने हाम्रो कामना हो,’ उनले भने ।
उनले अन्तर्राष्टिय पोखरा विमानस्थलको सन्दर्भमा अन्तर्राष्ट्रिय एअरपोर्ट बन्न ३ हजार मिटरको रन वे न्यूनतम आवश्यक रहेको बताए ।‘जबसम्म ३ हजार मिटरको रनवे हुन्न, तबसम्म हामीले चाहेका विश्वका अन्य सहरसम्म पोखराबाट पुग्ने रहर पूरा हुँदैन,’ उनले भने ।
मूल्मीलाई सहजकर्ताले निजी क्षेत्रले विमानस्थलका लागि कसरी सहजीकरण गर्छ भन्ने प्रश्न गरे । उनले निजी क्षेत्रले सुरुवातदेखि नै पोखरा बनाउन योगदान गरेको दाबी गर्दै भने, ‘ पोखरामा सभागृह बनाउन योगदानदेखि महेन्द्रनगरको पुल निर्माण रनयाँ बजारको पुल निर्माणमा पनि निजी क्षेत्रको सहयोग थियो ।लेकसाइडको विकास निजी क्षेत्रको प्रतीक हैन र । तर निजी क्षेत्रलाई सस्टेन गर्न राज्य संयन्त्रले नीति निर्माण गर्न कन्जुस्याँइ गरेको छ ।’
सहजकर्ताले कास्की–२ बाट निर्वाचित भएकी संघीय सांसद विद्या भट्टराईतर्फ प्रश्न तेस्र्याए, ‘…तपाईं अघिल्लो पालि उपनिर्वाचनमा लड्दै गर्दा कतिपयले रवीन्द्रको विरासतमा भने । यसपालि जनताले दोस्रो पटक अनुमोदन गरे । यहाँको ल्याण्डफिल साइट जस्तो पोखरालाई व्यवस्थित बनाउन संघीय सदनबटै पहल गर्नुहोला भनेका थिए, तपाईंलेत मट्टखिानमा रेल ल्याउने खालको कुरा गर्नुभयो भन्ने चर्चा छ ।’
भट्टराईले भनिन्, ‘सबै छाडेर मेट्रो रेलको चर्चा गरेको हैन । पोखराको कुरा गर्दा पर्यटन सहितको पोखरा खोजिरहका छौं ।पर्यटनका लागि आकर्षक कुरा के दिने?’ उनले सुनौलो कुरा न्दा पनि आम कुरालाई समेट्दै जाऊँ भन्ने लागेर यी योजना बुनेको बताइन् ।
ल्याण्डफिल साइटको सन्दर्भमा आफूले यसबारे संसदमा कुरा पनि उठाएको बताइन् । महानगरपालिकाले आफैं जिम्मा लिएर गर्छु भनेको कुरामा आफूले हस्तक्षेपकारी भन्दा पनि सहयोगी भूमिका निभाएको बताइन् । ‘मैले अघिल्लो संसदमा भनेको थिएँ– पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समयमा सम्पन्न गर्ने कुरा पोखराको ल्याण्डफिल साइटको व्यवस्थापनसँग जोडिएको छ । यो कुरालाई स्थानीय तहलाई मात्र जिम्मा लगाएर हुन्न । संघीय सरकारले यसको जिम्मेवारी लिनुपर्छ,’ उनले भनिन् । ऐनले पोखरालाई सुन्दर शहर कसरी बनाउने भन्ने कुरामा बहस थालनी गर्नुपर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *