यसभन्दा अघिल्लो निर्वाचनमा आफ्नो विरासत गुमाएको नेपाली कांग्रेसले यसपटक भने, फर्काउन सफल भएको छ । नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार शिव थापा विजयी भएका छन् । ३ सय ८७ मतान्तरले विजयी हा“सिल गरेका थापाले १ हजार १ सय २३ मत प्राप्त गरेका छन् । यस्तै, उनका प्रतिद्धन्द्धी नेकपा एमालेका अध्यक्षका उम्मेदवार रुद्र पोखरेलले ७ सय ३६ मत प्राप्त गरेका छन् । २०७४ को निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका ओमबहादुर खड्का विजयी बनेका थिए । ९५ मतको अन्तरालमा खड्का विजयी बनेका हुन् ।
Post Views: 21