काँग्रेसद्धारा सम्मेलन बहिष्कार

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरको निमन्त्रणमा यतिबेला देशभरका स्थानीय तहका उपप्रमुख (न्यायिक समितिका संयोजक) पोखरा आएका छन् । महानगरको आयोजनामा आफ्नो कुनै भुमिका नरहेको भन्दै महानगरका ११ वडाका वडाध्यक्ष न्यायिक सम्मेलनमा उपस्थिति भएनन् । महानगरका ३३ वडा मध्ये ११ वटामा का“ग्रेसका अध्यक्ष छन् । यस्तै, कांग्रेसका वडा सदस्य पनि कार्यक्रममा सहभागी भएनन् भने, गण्डकी प्रदेश अन्तगर्तका अधिकांश कांँग्रेस निकट उपप्रमुख पनि उपस्थिति भएनन् । निर्वाचन नजिकिदै गर्दा चुनाव केन्द्रीत सम्मेलनको आयोजना गरिएको भन्दै उनीहरु सहभागी नभएको स्रोतले जनाएको छ । ७ सय ५३ स्थानीय तहमध्ये सम्मेलनमा ३ सय ५५ सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *