स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष ५५ वर्षिय बसन्त श्रेष्ठ मृत्त भेटिएका छन् । वालिङ–१३ गहाखोलास्थित गाहाखोलाबाट आँधीखोला जाने भित्री कच्ची सडक खण्डमा प्रहरीले सूचनाको आधारमा विहीवार विहान मृत्त फेला पारेको जनाएको छ । प्रहरीले ग १६ प ५४६१ नम्बरको स्कुटर पनि बरामद गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालका अनुसार स्टुटरसहित मान्छे दुर्घटना भएको खवर प्राप्त भएपछि प्रहरीको टोली पुगेको थियो । उनले स्कुटर बाटोमा छेउमा साइड लगाएर राखिएको र श्रेष्ठ कुनाको साइडमा उत्तानो अवस्थामा मृत्त भेटिएको बताए । ल्गमयलनामक सेतो रङको किटनासक बिषादीको खोलिएको डिब्बा स्कूटर नजिक भेटिएको हुदाँ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Post Views: 34