काँग्रेसले दाहाललाई विश्वासको मत दिने

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्व सरकारलाई विश्वासको मत दिने भएको छ । पार्टी केन्द्रिय कार्य समितिको वैठकले सकारमा सहभागी नहुने तर, विश्वाको मत दिने निर्णय गरेको हो । सविधानको रक्षाका लागि यो सरकारलाई विश्वासको मत दिने निर्णय गरेको काँग्रेस नेताले जनाएका छन् ।
वैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता प्रतिपक्षमा बस्नुपर्ने अडानमा थिए । कांग्रेसले समेत विश्वासको मत दिँदा प्रधानमन्त्री दाहालले कम्तीमा २६९ सांसदको समर्थन पाउने भएका छन् । कांग्रेसको ८८ र सत्तारुढ गठबन्धनमा एमालेको ७९ (किरण साहसमेत), माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपा १३ (ज्येष्ठ सदस्य सदस्य पशुपति शमशेर जबरा बैठकको अध्यक्ष), जसपा १२, एकीकृत समाजवादी १०, जनमत पार्टी ८ र नागरिक उन्मुक्ति पार्टी ४ (लालवीर चौधरीसहित) मत रहेको छ । तीन जना स्वतन्त्र सांसद अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि पक्षमा मत दिने बताएका छन् । हालसम्म विपक्षमा एक–एक सिट रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी मात्रै देखिएका छन् । सरकारलाई कांग्रेसले पनि विश्वासको मत दिँदा प्रतिनिधिसभा प्रमुख प्रतिपक्षविहीन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *