काँग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । प्रतिस्पर्धी भोजराज अर्याललाई हराउदै विजयी भएका सुरेन्द्र पाण्डेले १८ मत प्राप्त गरेका छन् । यता भोजराजले भने ८ मत प्राप्त गरेका थिए । प्रदेशसभा सदस्य कल्पना तिवारीका अनुसार एक मत बदर भएको थियो । विभिन्न चरणका छलफलमा सर्वसम्मत नेता चयनमा सहमति नजुटेपछि बुधबार दिउँसो १ देखी २ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । दुवै जनाले मनोनयन फिर्ता लिन मानेनन् । त्यसपछि ३ देखी ४ बजेटसम्म मतदान गरिएको निर्वाचन अधिकृत विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।
पाण्डे संस्थापन पक्षका हुन् भने भोजराज इतर पक्षका हुन् । पाण्डेलाई विन्दुकुमार थापाको प्रस्ताव र टकराज गुरुङको समर्थन थियो । भोजराजलाई महेन्द्रध्वज जिसी प्रस्तावक र पार्वती तामाङ समर्थक बसेका थिए । गण्डकी प्रदेशसभामा सवैभन्दा ठूलो दलको हैसियतमा रहेको काँग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ९ गरि २७ सिट जितेको छ । यिनीहरुले माओवादी केन्द्रको समर्थनमा चुनाव जितेका थिए । चुनावसम्मको ५ दलिय गठबन्धन टुटेपछि काँग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *