कांग्रेसले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । ओली नेतृत्वको सरकारमा प्रकाशमान सिंहलाई उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मा दिइने भएको छ ।
सभापति शेरबहादुर देउवा पक्षले ६ जनाको नाम टुंगो लगाइसकेको छ भने शेखर कोइराला र महामन्त्री गगन थापा समूह भने अहिले पनि छलफलमै छन् । कांग्रेसका प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मा दिइएको छ । नयाँ सरकारमा आरजु राणा परराष्ट्रमन्त्री बन्ने भएकी छन् ।
त्यस्तै दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वनमन्त्री बन्ने भएका छन् । कोइरालाञ्थापा समूहलाई ४ मन्त्रालय दिइएकोमा १ जनाको नाम टुंगो लागेको छ । तेजुलाल चौधरीलाई युवा तथा खेलकुद मन्त्री बनाइने भए पनि स्वास्थ्य, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र कृषि मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे अझै टुंगो लगाउन सकेको छैन ।
Post Views: 33