कांग्रेस महाधिवेशनः गण्डकीसहित सात वटै प्रदेशमा आजदेखि शुरु

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाली कांग्रेसको गण्डकीसहित सात वटै प्रदेशमा आजबाट अधिवेशन सुरु हुँदैछ । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज प्रदेश अधिवेशन उद्घाटन र भोलिदेखि निर्वाचन प्रकृया सुरु हुनेछ । गण्डकीको पोखरा, प्रदेश १ को अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुरमा, वाग्मतीको हेटौँडा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुने बताइएको छ ।
प्रदेश अधिवेशनका लागि तीन तीन जनाका दरले २१ जना अधिकृत तोकिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ  ।
देश सङ्घीयतामा गएपछि कांग्रेसले संगठन संरचना वडा, पालिका, प्रतिनिधि सभारप्रदेश क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमिति बनाएको छ ।
हिजोसम्ममा कांग्रेसका ६१ जिल्लामा अधिवेशन सम्पन्न भएको र बाँकी रहेका १६ जिल्लाको अधिवेशन महाधिवेशनपछि हुने ।
निर्वाचन समितिका अनुसार आजदेखि प्रदेश अधिवेशन सुरु हुने भएकाले ती जिल्लामा नेतृत्व चयन महाधिवेशन सकिएपछि मात्र हुने।
नेतृत्व चयन भएकामध्ये ३२ जिल्लामा संस्थापन पक्षका सभापति चयन भएका छन् ।
२७ जिल्लामा संस्थापन इतर समूह र दुई जिल्लामा नेता कृष्णप्रसाद सिटौला पक्षका सभापति चयन भएका छन् । कांग्रेसले पालिका र प्रदेश अधिवेशन सम्पन्न गर्न केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको थियो ।
अधिवेशन हुन बाँकी जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नवलपरासी पूर्व, बाँके, कैलाली र अछाम रहेका छन् । कांग्रेसको १४ औँ महाधिवेशन आउँदो २४ गतेदेखि काठमाडौंमा हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *