काठमाडौंबाट पोखरा आएका विमान बाटोबाटै फर्किए

Share this post :

Facebook
Twitter
WhatsApp

काठमाडौँबाट पोखरा आएका दुई वटा जहाज बाटोबाटै पुनः काठमाडौँ फर्किएका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा प्राविधिक समस्या भएपछि पोखरामा अवतरण नगरि फर्किएका हुन् ।
सोमबार बिहान काठमाडौंबाट पोखराका लागि उडान भरेका यति र श्री एयरलाइन्सको विमान पोखरामा अवतरण नगरि पुनः काठमाडौं फर्किएको विमानस्थल स्रोतले जनाएको छ । स्रोतका अनुसार विमानस्थलका उपकरणमा समस्या आएपछि विमानस्थल आइपुग्नै लाग्दा बाटोबाटै विमान फर्किएको हो । विमानस्थलमा प्राविधिक समस्या मात्र नभई मौसमका कारण पनि अवतरणमा समस्या भएको हुन सक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *