कात्तिक २८ गतेदेखि फाइजर खोप लगाउन सुरु गरिने

Share this post :

Facebook
Twitter
WhatsApp

अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गतको फाइजर खोप सोमबार नेपालमा आइपुगेको छ । नेपाल आइपुगेको एक लाख भन्दा बढी डोज फाइजर खोप कात्तिक २८ गतेदेखि गते लगाउन सुरु गरिने भएको छ ।
नेपालमा पहिलो पटक आएको खोप १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाइने भएको हो । देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट खोप दिने कार्यक्रम तय गरिएको छ ।
काठमाडौँ उपत्यकाभित्र नौ र बाहिर १५ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तोकिएको बताइएको छ ।
यसअघि खोप लगाउन छुटेका १८ वर्षमाथिका दीर्घरोगीलाई पनि खोप दिइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *