कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर तथा कान्तिपुर स्कूल अफ डेन्टिष्टीले साउन ७ गते “Technical Educational Fair and Career Counselling” को जानकारी गराउने उदेश्ले एसईई दिएर बसेका विधार्थीकाे भेला गर्ने भएकाे छ । प्रेस विज्ञप्ति मार्फत उक्त सूचना सार्वजनिक गरेकाे छ ।
विज्ञप्तिमा भनिएकाेछ, ‘हाल एसईई परीक्षा दिएर बसेका कतिपय विद्यार्थी यसपछि के विषय अध्ययन गर्ने वा कुन पेशालाई अंगाल्ने भन्ने विषयमा अन्योल मा छन् । कतिपय अविभावकहरु समेत आफ्ना बाल बच्चाहरुलाई सहि दिशा देखाउन असमर्थ छन् । यसै विषयमा केन्द्रित भएर यस शिक्षालयहरुले विद्यार्थीहरुलाई प्राविधिक स्वास्थ्य शिक्षाको जानकारी दिने मनसायका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।’
यस कान्तिपुर डेन्टल कलेजले दन्त स्वास्थ्य विषयमा काठमाण्डौं विश्वविद्यालयको सम्बन्धनमा दन्त स्वास्थ्य विषयको स्नातक तथा स्नातकोत्तर तहको कार्यक्रम र प्राविधिक शिक्षा तथा व्यवसायिक तलिम परिषद (CTEVT) को सम्बन्धनमा सर्टिफिकेट इन डेन्टल साइन्स तथा डिप्लोमा इन फार्मेसी कार्यक्रम संचालन गरिरहेको छ । जसमा सर्टिफिकेट इन डेन्टल साइन्स तथा डिप्लोमा इन फार्मेसी कार्यक्रम एसईई पछि अध्ययन गर्ने विषय हो ।
यस कार्यक्रमको मुख्य आकर्षण एसईई दिएर बसेका विद्यार्थीहरुलाई प्राविधिक स्वास्थ्य शिक्षाको जानकारी दिने र साथसाथै दन्त स्वास्थ्य सम्बन्धी जानकारी दिने रहेको छ भने यसलाई मनोरंजनात्मक तवर ले पेश गर्नको लागि प्रोजेक्ट प्रदर्शन, दन्त तथा फार्मेसी उपकरण प्रदर्शन, कला प्रदर्शन, अन्य आकर्षणहरु जस्तै फुड स्टल, गेम स्टल, फेस पेन्टिङ्ग, फोटो बुथ आदि रहने कार्यक्रम संयाेजक शम्भुप्रसाद जोशीले जानकारी दिए ।