कान्तिपुर डेण्टल हस्पिटलले बोल बम तथा शिव महिमाको सन्दर्भमा साउन महिना भरका लागि छुट कार्यक्रम घोषणा गरेको छ । मुख तथा दन्त स्वास्थ्य उपचारका लागि पोखराको न्युरोडस्थित कान्तिपुर डेण्टल हस्पिटलमा आउने सम्पूर्ण महिलाको लागि टिकट दर्ता, डाइग्नोसिस र विशेषज्ञ परामर्श सेवा निशुल्क गरिएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले जनाए । उनका अनुसार साउन महिना महिलाले मान्ने विशेष पर्व महिना भएकाले महिलाको लागि निशुल्क उपचार कार्यक्रम ल्याइएको हो ।
कान्तिपुर डेण्टल हस्पिटलले सामाजिक उत्तरदायित्व बहन गर्दै महिला मात्रको हितमा यो कार्यक्रम ल्याइएको दाबी प्रतीकमानको छ । टिकटदेखि परामर्श सेवा समेत निशुल्क लिएर मुख तथा दन्त स्वास्थ्य सम्बन्धी लाभ लिन हस्पिटलले आग्रह गरेको छ ।
Post Views: 23