सरकारकाे साझा न्युनतम कार्यक्रमकाे मस्याैदा शिर्ष नेतासमक्ष पेश गरिएकाे छ । अर्थमन्त्रि विष्णु पाैडेलकाे नेतृत्वमा गठित कार्य दलले शनिवार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री पुषपकमल दाहालकाे उपस्थितिमा एमाले अध्यक्ष केपी शर्मा अाेलीसमक्ष पेश गरिएकाे छ ।
उपप्रधान एवं अर्थमन्त्री पौडेलको नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका मुकुल ढकाल, राप्रपाका धवल शमशेर राणा, जसपाका रकम चेमजोङ लगायत छन् । सत्ता साझेदार दलले गठन गरेको कार्यदलले शुक्रबार नै उक्त मस्याैदा तयार पारेको थियो । शीर्ष नेताले सो मस्यौदा प्रतिवेदन अध्ययन गरेपछि आवश्यक परे परिमार्जन गरी त्यसलाई अनुमोदन गर्ने छन् ।
Post Views: 19