कालिकाले जित्यो प्रथम कुलपति रनिङ सिल्डको उपाधि

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि कालिका माध्यमिक विद्यालयले जितेको छ । पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा भद्रकाली माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै उपाधि जितेको हो ।
कालिकाको जितमा कप्तान टिका गुरुङ र सज्जन बराइलीले १–१ गोल गरे । टिकाले खेलको ३५ औं मिनेटमा गोल गर्दै कालिकालाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफमा दुवै टिमबाट राम्रो अवसर पाएपनि थप गोल हुन सकेन । दोस्रो हाफको ८७ औं मिनेटमा कालिकाका सज्जनले गोल गर्दै टिमलाई दोेब्बर अग्रता दिलाए ।
त्यसपछि भने दुवैतर्फबाट गोल हुन सकेन र कालिकाले प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भयो । विजेता भएको कालिकाले ट्रफिसहित १ लाख पुरस्कार प्राप्त ग¥यो । विजेतालाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले हस्तान्तरण गरे । उपविजेता बनेको भद्रकाली ५० हजार रुपैयाँ प्राप्त गयो । प्लेयर अफ द टुर्नामेन्ट कालिकाका मन्दीप घले गुरुङ घोषित भए । उनले नगद १५ हजारसहित ट्रफि प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *