कालीगण्डकीमा सम्पन्न राष्ट्रिय र्‍याफटिङ च्याम्पियनसिपमा प्याडल नेपाललाई उपाधि

Share this post :

Facebook
Twitter
WhatsApp

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पहिलोपटक कालीगण्डकीमा सम्पन्न राष्ट्रिय र्‍याफटिङ च्याम्पियिनसिपमा प्याडल नेपाल ‘ए’ टिमले उपाधि जितेको छ ।
चार दिनसम्म चलेको प्रतियोगितामा प्याडल नेपालले ओभरअलतर्फ कुल ९ सय ७२ अंक प्राप्त गर्दै उपाधि हात पारेको हो । पोखरामा रहेको प्याडल नेपाललले प्रतियोगितामा सम्पन्न चार वटा छुट्टाछुट्टै इभेन्टमध्ये स्प्रिन्टमा १००, हेड टु हेडमा २००, सालोलममा ३ सय २२ र डाउन रिभरमा ३ सय ५० अंक बटुल्दै समग्रमा उपाधि जितेको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीले जानकारी दिए ।
यसैगरी प्रतियोगितामा सहभागि भोटेकोशी ‘बी’ उपविजेता बनेको छ । भोटेकोशी समुहले समग्र चार वटा इभेन्टमा ९ सय ४२ अंक प्राप्त गर्न सफल रह्यो भने बागमती प्रदेश कुल ८ सय ४२ अंकका साथ तेश्रो स्थान प्राप्त गरेको छ ।
प्रतियोगिताको अन्तिम दिन दुई वटा इभेन्ट सम्पन्न भएको प्रदेश खेलकुद कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए । उनका अनुसार डाउन रिभर रेसमा प्याडल नेपाल ए टिम पहिलो हुँदा भोटेकोशी बी दोश्रो र बागमती प्रदेशले तेश्रो स्थान प्राप्त गरेको छ । त्यसैगरी र्‍याफटिङ सालोलमतर्फ भोटेकोसी बी विजेता बनेको छ भने प्याडल नेपाल ए टिमले दोश्रो र बागमती प्रदेशले तेश्रो स्थान प्राप्त गरेको छ । डाउन रिभर र सालोलम तर्फका विजेताहरुले मेडल तथा प्रमाणपत्रका साथमा क्रमश जनही नगद रु १५ हजार, १० हजार र ५ हजार प्राप्त गरे ।
कालीगण्डकीलाई सहासीक खेलकुदको गन्तव्य बनाउने उद्धेश्यका साथ पहिलोपटक उक्त प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा र्‍याफटिङतर्फ १२ टिम र कायाक सालोलुम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढि खेलाडीको सहभागिता थियो । प्रतियोगितामा सात प्रदेश, विभागिय टिम र अन्य क्लबकोसमेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *