कास्कीकाे रुपामा दोहोरिए एमालेका ओझा

Share this post :

Facebook
Twitter
WhatsApp

कास्कीको रुपा गाउँपालिका अध्यक्षमा एमालेका नवराज ओझा पुनः निर्वाचित भएका छन् । अाजको अन्तिम मतपरिणाम अनुसार उनले १ हजार ६ सय १२ को मतान्तरले कांग्रेसकी उम्मेदवार गीमाया गुरुङलाई हराएका हुन् । ओझाले ५ हजार ७ सय ४९ मत प्राप्त गर्दा गुरुङले ४ हजार १ सय ३७ मत प्राप्त गरेकी छन् ।
उपाध्यक्षमा समेत ०७४ मा निर्वाचित लालसुब्बा गुरुङ पुनः विजयी भएकी छन् । उनले १ हजार १ सय ७९ मतान्तरले कांग्रेसका नारायणकुमार श्रेष्ठलाई पराजित गरिन् । गुरुङले ५ हजार ३ सय ३२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी श्रेष्ठले ४ हजार १ सय ५३ मत ल्याए । यस्तै रुपाका ७ मध्ये ६ वटा वडामा एमालेका वडाध्यक्ष विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *