कास्कीको अन्नपूर्ण गाउँपालिका-१० स्थित घान्दु्कमा जीप दुर्घटना हुदाँ ८ जनाको ज्यान गएको छ । कास्कीको नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० जीप सोमबार दिउँसो करिव २ बजे दुर्घटना भएको थियो ।
चालकसहित ८ जनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । काठमाडौंबाट घुम्न गएका ६ पुरुष, १ महिला र जिपका चालक खुसीमान क्षेत्रीको निधन भएको हो ।
घान्द्रुकको हुँदु कटेपछि घान्द्रुक गाउँ पुग्नु अघिको कलाभिरमा जिप ब्याक हुँदा सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जिपमा सवार एक महिला भने पछाडिको डिक्की खोलेर बाहिर निस्किन सकेका कारण बाँच्न सफल भएकी छन् । मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी प्रवक्ता सुवास हमालले बताए । ७ मृतकको सनाखत हुन भने बाँकी छ । जीपमा ९ जना सवार रहेकाे प्रहरीले जनाएकाे छ ।
Post Views: 24