कास्कीका गएराति सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. १ नौडाँडाका २८ वर्षीय सुनिल केसी र सोही ठाउँका ३० वर्षीय कृष्ण सुवेदी रहेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग२१प ४४६० नम्बरको स्कूटर उक्त स्थानमा रोकेर राखेको सवारी साधन बोक्ने ट्रेलरमा ठोक्किँदा दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारकाम लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएकोमा चिकित्सकले चेकजाँचका क्रममा मृत घोषणा गरेको डिएसपी सुन्दर तिवारीले बताए । मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
Post Views: 23