कास्कीको माछापुच्छ्रे-८ का वडाध्यक्ष पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

जिल्ला प्रहरी कार्यालय कास्कीले माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ । ४५ वडाध्यक्ष गुरुङलाई अभद्र व्यवहार गरेको आरोप लागेको प्रहरीले जनाएको छ । अहिले उनी कास्की प्रहरी हिरासतमा छन् ।
आइतबार माछापुच्छ«े–७ हरियालीटोलका अमृत भण्डारीलाई अभद्र व्यवहार गरेको उजुरी प्रहरीकोमा परेको छ । खोराको मुख अपल्लो इदीखोला माछापुच्छ्रे सडक निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत रहेका भण्डारीले मंगलबार कास्की प्रहरीमा उजुरी दिएका थिए । उजुरीपश्चात गुरुङ बुधबार आफै प्रहरीकोमा उपस्थित भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *