कास्कीमा बस दुर्घटना हुँदा ८ घाइते

Share this post :

Facebook
Twitter
WhatsApp

पोखरा महानगरपालिका-२५ सुईखेतस्थित बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । काठमाडौँबाट म्याग्दीको दरबाङका लागि छुटेको ग २ ख १६३० नम्बरको यात्रुवाहक बस आज विहान ३ बजे दुर्घटना भएकाे सशस्त्र प्रहरी बल कालिका गण कास्कीले जनाएकाे छ ।
कालिका गणका गणपति अरूण पाैडेलले बस सडक डिभाइडरमा ठोकिन गई दुर्घटना भएको जानकारी दिए । उनका अनुसार सशस्त्र प्रहरीकाे उद्वार टाेली र नेपाल प्रहरीले ८ जना घाइतेलाई रेस्क्यु गरी उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाएको छ । बसमा ३१ जना यात्रु सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *