सुनौलीबाट म्याग्दीका लागि छुटेको यात्रुवाहक बस मंगलबार बिहान कास्कीमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाल्पा घर भएका ४६ बर्षिय भुपेन्द्र भन्ने भुपनाथ खनालको बसले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उपचारको क्रममा पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।
बाँकी ८ जना घाइते भएका छन् । उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले बताए ।
लु१ख ७७६८ नम्बरको बस कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बिहान ६ बजेर ५० मिनेटमा सडकबाट अन्दाजी ३० मिटर तल खसेको डीएसपी तिवारीले जनाए ।
Post Views: 32