कास्की अदालतको इजलास कक्षमा तोडफोड

Share this post :

Facebook
Twitter
WhatsApp

वडा प्रहरी कार्यालय वैदाम अघि रहेको जिल्ला अदालत कास्कीका दुवै इजलास कक्षमा तोडफोड भएको छ । मंगलबार राती अदालतको एक र ६ नम्बर इजलास कक्षमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
एक नम्बरमा ढोका मात्रै फोरिए र छ नम्बर इजलास कक्षमा भित्र रहेको दराज पनि फुटाइएको हुदाा दराजमा रहेका महत्त्वपूर्ण प्रमाण र मिसिलहरू चोरी भएको आशंका गरिएको छ । प्रहरीले घटनास्थलमा पुगी मुचुल्का उठाइसकोके जनाएको छ ।
१नम्बर इजलासमा प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई  र ६ नम्बर इजलासमा देवप्रसाद योगीले मुद्दा हेर्दै आएका थिए । सुरक्षा घेराबीच अदालतमा पसेर दराज फुटाइनु शंकास्पद रहेको प्रहरीको बुझाई छ । बुधबार बिहान सरसफाइ गर्न आएकी कर्मचारीले इजलास कक्षका ढोका फुटेको देखेपछि माथिल्लो तहका कर्मचारीलाई खबर गरेकी थिइन् । प्रहरीका अनुसार इजलाशमा ढोका फुटाउन प्रयोग गरिएको फलामको रड पनि भेटिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *