कास्की एमालेमा वैनबहादुर

Share this post :

Facebook
Twitter
WhatsApp

नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी विजयी भएका छन् । जिल्ला कमिटी कास्कीको ११ औँ अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका हुन् । माधव बास्तोलालाई दुई सय चार मतले पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् ।

बुधबार भएको मतगणनामा क्षेत्रीले पाँच सय ५१ र बास्तोलाले तीन सय ४७ मत प्राप्त गरेका हुन् । वैनबहादुर खगराज अधिकारी गुटका हुन् भने बास्तोला पृथ्वीसुव्वा गुरुङ गुटका हुन् । गुटको विरोध जनाउँदै अध्यक्षमा उम्मेदवारी दिएका विवेक त्रिपाठीले भने १७ मत प्राप्त गरेका छन् ।
यस्तै उपाध्यक्षमा भेषराज बराल, सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा लालबहादुर परियार र उपसचिव महिलातर्फ सन्तुदेवी सुवेदी विजयी भएको निर्वाचन कमिटिले जनाएको छ । अधिवेशनबाट पदाधिकारीसहित एक सय २० जनाको कमिटी चयन भएको हो । दश प्रतिशत मनोनीत र १० प्रतिशत अन्य पार्टीबाट आएकालाई समेटेर एक सय ४१ सदस्यीय जिल्ला कमिटी बन्ने एमालेले जनाएको छ । अधिवेशनमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *