पोखरा रंगशालामा जारी पोखरा महानगरस्तरीय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा आइतबारका खेलमा कास्की क्रिकेट क्लव र अरण्यज्योती क्रिकेट क्लव विजयी भएका छन् ।
पहिलो खेलमा कास्कीले राइजिङ्ग क्रिकेट क्लवलाई ७ विकेटले पराजित गर्यो । टस जितेर व्याटिङ्ग गरेको राइजिङ्गले १३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४७ रन बनाएको थियो । राजइजिङ्गका अनिल गुरुङ्गले १८ रन जोेडे । कास्की क्रिकेटका बलरद्धय नितेश गिरी र आदित्य थापाले समान ३ विकेट लिए । ४७ रनको लक्ष्य कास्कीले १३.२ ओभरमै भेट्यायो । कास्कीका विष्णु शर्माले १९ तथा शाहिल कुँवरले १३ रन बनाए । बलिङतर्फ ३ विकेट लिएका कास्कीका आदित्य थापा म्यानअफ द म्याच भए । उनलाई आयोजक पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले पुरस्कृत गरे ।
अर्को खेलमा अरण्यज्योतीले पोखरा क्रिकेट क्लवलाई २ विकेटले पराजित गर्यो । पहिला व्याटिङ्ग गरेको पिसिसीले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । पिसिसीको तर्पmबाट मुस्कान थापाले ६० तथा अर्जुन बुढाथोकीले ३५ रन बनाए । अरण्यज्योतीका बलर इर्साद आलमले ३ तथा सन्तोष शर्माले २ विकेट लिए । अरण्यज्योतीले १७.३ ओभरमा ८ विकेट गुमाएर जित हाँसिल गर्यो । अरण्यज्योतीको व्याटिङ्गमा म्यानअफ द म्याच अषेश न्यौपानेले ५१, दिवस गिरीले २२ तथा सन्तोष शर्माले १७ रन जोडे । पिसिसीका विजय रावतले ह्याट्रिकसहित ३ विकेट लिए । प्रमोद बास्तोलाले २ विकेट लिएका थिए ।
