कास्की जिल्ला अदालतमा अधिकांश सेवा बन्द,

Share this post :

Facebook
Twitter
WhatsApp

कास्की जिल्ला अदालतको अधिकांश सेवा बन्द भएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढदै गएकोले आजदेखि अतिआवश्यक मुद्दामा मात्र सुनुवाइ हुने भएको छ ।
सर्वोच्चको मङ्गलबार बसेको पूर्ण बैठक फुलकोर्टको निर्देशन र कास्की जिल्ला अदालतको निर्णय बमोजिम माघ १८ गतेसम्म अधिकांश सेवा बन्द गरिएको अदालतले जनाएको छ ।
बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित, अत्यन्त जरूरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरूको मात्र नियमितरूपमा सुनुवाइ गर्ने अदालतले निर्णय गरेको छ ।
सो अवधिमा मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही नियमितरूपमा सञ्चालन हुने, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिहरूको निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ हुने र थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दाहेर्दै र निर्णय सुनाउनेमा रहेको मुद्दाको सुनुवाइ गर्ने र सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *