कास्की निर्वाचन क्षेत्र नम्बर १ को मतगणना रोकिएको छ । प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा कर्मचारीले प्रदेशसभातर्फको मतपत्र दिएको पाइएपछि मतगणना रोकिएको हो । मतगणनाका क्रममा मंगलबार बिहान प्रतिनिधिसभातर्फको मतपेटिकामा प्रदेशसभाको मतपत्र पाइएपछि गणना रोकिएको छ । मादी गाउँपालिका वडा नम्बर ५ कार्यालयमा रहेको मतदान केन्द्रमा मतगणना भइरहँदा प्रतिनिधिसभाको मतपेटिकामा प्रदेशसभाको मतपेटिका भेटिएपछि दलहरूबीच विवाद सिर्जना भएको हो । प्रतिनिधिसभातर्फको मतपेटिकामा प्रदेशसभातर्फको ९९ मत भेटिएको हो । कर्मचारीले लापर्बाही गर्दै प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशसभाको दिएको दलहरूले जनाएका छन् ।
त्यस्तै प्रतिनिधिसभातर्फ उक्त केन्द्रमा १०४८ मत खसेकोमा १०४७ मत भेटिएको छ । त्यसतर्फ १ मत कम भए पनि विवाद भने भएको छैन ।
Post Views: 26