कास्कीको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा नेपाली काँग्रेसका बिन्दुकुमार थापा विजयी भएका छन् । विन्दुकुमार थापाले ९ हजार २ सय ८० मत पाप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी मिना गुरुङले ७ हजार ९ सय ७१ मत प्राप्त गरेकी छन् भने, तेस्रो स्थानमा रहेका राप्रपाका अरुण गिरीले ३ हजार ९ सय ३ मत पाए ।
गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित थापा गण्डकी प्रदेश सरकारमा कानुन, संचार तथा प्रदेशसभा मामिलामन्त्री हुन् । २०७४ को निर्वाचनमा उनी सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा नै निर्वाचित भएका थिए । पोखरा उद्योग वाणिज्य संघको नेतृत्वसमेत गरेका उनी पोखराका व्यवसायी हुन् । पराजित गुरुङ यसअघि एमालेबाट समानुपातिक तर्फबाट प्रदेश सांसद भएकी थिइन् ।
Post Views: 18