काहुँडाँडाबाट देखिएकाे माछापुच्छ्रे

Share this post :

Facebook
Twitter
WhatsApp


पोखरा महानगरपालिका–११ काहुँडाँडाबाट देखिएको माछापुच्छ्रे हिमाल ।

काहुँबाट हिमाललाई नजिकबाट नियाल्न पाइन्छ । पर्यटकीय क्षेत्रमा विस्तार भएको काहुँडाँडा पछिल्लोसमय आन्तरिक तथा बाह्रय पर्यटकको रोजाईमा परेको छ । दशैको अवसरमा बाह्रय भन्दा आन्तरिक पर्यटकको घुइँचो बढी लागेकाे छ । दशैँकाे अवसरमा यहाँ पुग्दा पछिल्लोसमय हराउँदै गएको लिंगे र पिर्के पिङमा रमाउन पाइन्छ ।

यहाँ टावर पनि चढ्न पाइन्छ । यस ठाउँबाट पाेखरा बजारलाई पनि नजिकबाट नियाल्न पाईन्छ । पोखरा बजारबाट आधी घण्टाको दुरीमा रहेको काहुँडाँडामा हिमाल हेर्नकै लागि पर्यटक जाने गर्छन् । यहाँ रहेको धरहराले पनि पर्यटकलाई थप आकर्षण दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *