किसानलाई अनुदानमा गहुँको बीउ वितरण

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराएको छ । नगरपालिकाले सूचना प्रकाशन गरे बमोजिम आवेदन दिएका किसानको मागका आधारमा ५० प्रतिशत अनुदानमा गौतम जातको उन्नत गहुँको बीउ उपलब्ध गराएको हो ।
नगरपालिकाले कृषिका क्षेत्रमा समयानुकुलका बीउ, बीजन, औजार, उपकरण, कीटनाशक औषधिहरु उपलब्ध गराउँदै आएको र त्यसैलाई निरन्तरता दिंदै गहुँको बीउ उपलब्ध गराईएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । नगरपालिकाले सूचना प्रकाशन गरे बमोजिम माग गरेका समूह, सहकारी तथा ब्यक्तिलाई ढुवानीसहित ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराईएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए ।
पहिलो चरणमा ४३ क्वीन्टल बीउ उपलब्ध गराएको छ भने दोस्रो चरणमा १७ क्वीन्टल बीउ उपलब्ध गराउने तयारी भईरहेको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *