बुद्धिबहादुर भन्दा जोकोहीले नचिन्न सक्छन् । तर, कुमार राना स्याङ्जामा कहलिएको नाम हो । नागरिकतामा उनको नाम बुद्धिबहादुर छ । तर, जनता भने कुमार रानाबाटै चिन्छन् । नेपाली काँग्रेस स्याङ्जाबाट राजनीतिमा उदाएका कुमार राना बौद्धिक र शिक्षित नेताको वर्गमा चिनिन्छन् । स्याङ्जामा जुनसुकै पार्टीका कार्यकर्तालाई सोधे पनि स्याङ्जा काँग्रेसमा पढेलेखेको बौद्धिक नेता को छ भन्दा पहिलो नम्बरमा आउने नाम हो कुमार राना । आगामी मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम लोकतान्त्रिक गठबन्त्रनबाट साझा उम्मेदवार चुनावी मैदानमा होमिदा कुमार राना पनि क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्य २ मा उम्मेदवार बनेका छन् ।
नेपाली काँग्रेस स्याङ्जा जिल्ला पार्टीका पूर्व कार्यवाहाक सभापति समेत रहेका कुमार राना शिक्षण पेशासँगै राजनीतिमा होमिएका हुन् । सरकारी विद्यालयको स्थायी जागिर छाडेर राजनीतिमा होमिएका कुमार काँग्रेसभित्र सफल नेताको रुपमा चिनिन्छन् । यिनै नेतालाई यतिबेला स्याङ्जाका मतदाता जनप्रतिनिधिको रुपमा चुन्न आतुर छन् । उनीहरुको एउटै सपना छ ‘कुमार राना जनप्रतिनिधि भएको हेर्ने ।’ पुतलीबजार नगरपालिका–४ का राना विद्यार्थी संगठनबाटै राजनीतिमा उदाएका हुन् । कला साहित्यमा समेत रुची राख्ने उनी आगमी निर्वाचनमा मतदातालाई त्यति ठूला सपना दिएका छैनन् । विकास निर्माण सँगसँगै उनले मानविय विकासलाई पनि जोड दिएका छन् ।
उनले मतदातासँग सार्वजानिक गरेका बाचामध्ये फेदीखोलालाई मिनी पोखराको रुपमा विकास गर्ने, पुतलीबजारलाई दुई प्रदेश जोड्ने व्यापारी करिडर निर्माण गरि व्यापारी हवको रुपमा अगाडि बढाउने बताएका छन् । यस्तै, आँधीखोलामा दुई वटा बहुउदेश्यीय परियोजनाहरु पंचासे बहुउदेश्यीय परियोजना र श्रवणकुमार बहुउदेश्यीय परियोजनामार्फत ५ हजार युवालाई रोजगारी ग्यारेन्टी गर्ने, अर्जुनचौपारी तनहुँको लेकदेखी डहरे हुदँै थाप्लेसम्म दशरथ पदमार्ग निर्माण गरि बृहत विकास परियोजना मार्फत धार्मिक पर्यटनलाई विश्वभर फैल्याउने र प्रत्येक पालिकामा एउटा पव्लिक कम्पनी स्थापना गरि हरेक नागरिकलाई शेयर सदस्य बनाएर प्रत्यक्षरुपमा उत्पादनसँग जोडने योजना सार्वजानिक गरेका छन् । यसैगरी, सडक पुल निर्माण, खेलमैदान, आँधीखोला करिडोर लगायतका योजना पनि सार्वजानिक गरेका छन् ।
