कुल गार्हस्थ उत्पादन (जिडिपी, GDP) भनेको के हाे ?

Share this post :

Facebook
Twitter
WhatsApp

कुल गार्हस्थ उत्पादन (GDP) भनेको यो एक प्रकारको मापदण्ड हो, जसले कुनै एक मुलुकको समग्र अर्थतन्त्रलाई प्रतिविम्बित गर्छ । जिडिपीले कुनै एक निश्चित अवधिमा मुलुकभित्र भएको वस्तु तथा सेवाको अन्तिम कारोबार मूल्यको योगफललाई जनाउँछ । जिडिपीमा सबै प्राइभेट तथा सार्वजनिक खपत, सरकारको खर्च, लगानी, मौज्दात सामग्री, निर्माणका क्रममा भएका खर्च, आयात-निर्यातमा भएको खर्च तथा आम्दानी सबै पर्छन् ।

जिडिपी साधारणतया वार्षिक रूपमा गणना गरिएको हुन्छ । नेपालमा भने वार्षिक रूपमै गणना गरिन्छ । तर, अमेरिकामा भने त्रैमासिक रूपमा गणना गर्ने गरिन्छ । धेरैजसो जिडिपी र जिएनपी (कुल राष्ट्रिय आय) एकै भन्ने ठान्छन् । तर, परिभाषामा यिनको खास भिन्नता छ । जिडिपीले एक मुलुकभित्र भएको सम्पूर्ण कारोबारलाई जनाउँछ भने जिएनपीले कुनै एक मुलुक विशेषका नागरिकले देशभित्र वा बाहिर उत्पादन गरेको अर्थतन्त्रलाई मात्र बुझाउँछ । यदि विदेशी नागरिक आएर यहाँ उत्पादन गर्छन् भने त्यो जिएनपीभित्र पर्दैन । तर, जिडीपीमा भने विदेशी नागरिकले पनि यहाँ उत्पादन कार्य गरिरहेको छ भने यो गणनाभित्र पर्छ । नेपालको जिडिपी हाल ३० खर्बको हाराहारीमा छ । प्रतिव्यक्ति आय १ हजार ३४ अमेरिकी डलर (औसत १ लाख २० हजार रुपैयाँ छ ।

नेपालमा कुल गार्हस्थ्य उत्पादन कुन विधिबाट मापन गरिन्छ ?

नेपालमा कुल गार्हस्थ्य उत्पादनको मापन उत्पादन विधिबाट गरिन्छ जसअन्तर्गत कुल उत्पादनबाट कच्चा पदार्थ को मूल्य अर्थात मध्यवर्ति उपभोग घटाएर कुल गार्हस्थ्य उत्पादनको मान निकालिन्छ । यसलाई कुल मूल्य अभिवृद्धि विधि (Gross Value Added – GVA) पनि भनिन्छ ।

उदाहरणका लागि आर्थिक वर्ष २०७६/७७ मा कुल उत्पादन रु. ५०९१ अर्ब तथा मध्यवर्ति उपभोग रु. १७४३ अर्ब रहेकोमा ती दुई बीचको फरक रु. ३३४८ अर्बमा वित्तीय मध्यस्तता घटाई वस्तु तथा सेवामा लागेको खुद कर जोड्दा प्राप्त हुने मान अर्थात रु. ३७६७ अर्ब नै २०७६/७७ को कुल गार्हस्थ्य उत्पादन हुन जान्छ ।

यसरी उत्पादन विधिबाट कुल गार्हस्थ्य उत्पादनको मान गणना गरिसकेपनि खर्च विधि अन्तर्गत उपभोग, लगानी तथा खुद निर्यात सम्वन्धि अनुमानहरु तयार पारिन्छ र आय विधि अनुसार तलब, ज्याला तथा नाफा सम्वन्धि अनुमानहरु समेत तयार पारिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *