केडीसी अस्पतालमा थपियो आँखा उपचार सेवा

Share this post :

Facebook
Twitter
WhatsApp

बसुन्धरास्थित केडीसी जरनल अस्पतालमा आँखा उपचार सेवा थपिएको छ । अस्पतालले बीएम फाउन्डेशन र टिपिवी फाउन्डेशनको सहयोगमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।
अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जनरल सेवा बाहेक स्पेशल दन्त सेवासंगै रहेको अस्पतालमा अब आँखा उपचार सम्वन्धी स्पेशल सेवा थपिएको बताए ।
‘हामी कहाँ झण्डै एक महिनादेखि यो सेवा थपिएको छ’ उनले भने, ‘नेत्र विशेषज्ञहरुद्धारा आँखा सम्वन्धी सबै उपचार सेवा प्रदान हुन्छ । दन्त सेवा तथा जनरल सेवा लिन आउने बिरामीहरुले अब एउटै छानाबाट आँखा सेवा पनि लिन सक्नु हुने भयो ।’
अस्पतालमा शनिबारबाहेक हप्ताको ६ दिन विहान ९ बजे देखि बेलुका ६ बजेसम्म आँखा उपचार सेवा उपलव्ध हुँदै आएको छ । प्रत्येक शुक्रबार भने आँखा परीक्षण निशुल्क हुने गरेको डा श्रेष्ठले जानकारी दिए । अरु दिन १५० रुपैयाँमा विशेषज्ञ सेवा उपलव्ध हुन्छ । शुक्रबार भने निशुल्क परीक्षण हुने गरेकाे उनले बताए ।

नेत्र विशेषज्ञ डा ज्योति बास्तोला पौडेलले केन्द्रमा आँखा सम्वन्धी सबै परीक्षण तथा उपचार हुने बताइन् । ओपिडी, दृष्टिदोष, चस्मा जाँच, यूभिआई रेटिना जाँच लगायत मधुमेह तथा उच्च रक्तचापका बिरामीको आँखाको पर्दा जाँच लगायतका सबै जाँच हुने उनले बताईन् ।
केन्द्रमा कार्यरत बी अप्टोमेट्रिस रोहित यादवले, आँखाको डेढोपना, एलर्जीहरु कन्जन्टीबाइटीस, जलविन्दु, मोतिविन्दु, भिजन थेरापी, मेसिनद्धारा आँखाको पावर जाँच लगायतका कामहरु भइरहेको छ । अस्पतालमा विस्तारै सेवाग्राहीको संख्या पनि बढ्दै गएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *