कैदीबन्दीले बनाएका मुढा चीन पुगे

Share this post :

Facebook
Twitter
WhatsApp

रसुवागढी नाका खुलेको तीन महिनामा बाँसका एक लाख मुढा चीन निर्यात भएका छन् । पुस १२ गतेदेखि चैत १५ सम्म ३ करोड २० लाख ३४ हजार बराबरको ९७ हजार ६ सय ४ वटा मुढा निर्यात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
कारोना कारण ३५ महिना बन्द भएको नाका गत पुस १२ मा खुलेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० मा प्रधानमन्त्री नियुक्त भएपछि चीन सरकारसँगको वार्तामा नाका खोल्न अनुरोध गरे । उनी प्रधानमन्त्री भएको तेस्रो दिनमै चीनले उक्त नाका खुलाएको थियो । बाँसका मुढा सस्तो र बलियो हुने भएकाले चीनमा माग बढी छ ।

विभिन्न कारागारमा कैदीले बनाएको मुढा संकलन गरेर व्यवसायीले चीनतर्फ निर्यात गर्दै आएका छन् । केन्द्रीय कारागार काठमाडौं, सुनसरीको झुम्का कारागार, मकवानपुरको भीमफेदी, धादिङलगायतका कारागारबाट कैदीबन्दीले बनेको मुढा व्यवसायीले संकलन गर्छन् । व्यवसायीका अनुसार विशेषगरी चार्डवार्डका बेलामा मुढाको माग हुन्छ ।

यतिबेला रसुवागढी नाकाबाट चीनतर्फ मूर्ति, कार्पेट, बाँसका मुढा, ह्यान्डीक्राफ्ट, तामाका सजावटलगायत वस्तु निर्यात भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *