गाउँघरमा बनाइने कोदोको रक्सीको बजार छैन् । कहिलेकाँही होमस्टे जादाँ होस या गाउँघरतिर । घरेलु उत्पादनको रुपमा कोदोको रक्सी प्रयोग गरिन्छ । तर, बजारको मार्केट भने विदेशी रक्सीले नै तताएको छ । नेपालमै उत्पादित सस्तो रक्सी छाडेर विदेशी महंगो रक्सी खरिद गरिन्छ । प्रहरीले पनि ठूलो मात्रामा कोदोको रक्सी जफत गरी नष्ट गर्छ । जसका कारण कोदोको रक्सीको महत्व छैन् ।
कोदोको रक्सीलाई कतिपय जातजातीले प्रसादको रुपमा लिन्छन् । सरकारले यसलाई कानुनी मान्यता भने दिएको छैन् । पछिल्लोसमय नेपालमा विदेशी रक्सीको माग बढीरहदा घरेलु रक्सीलाई महत्व दिनको लागि गण्डकी विश्वविद्यायले कोदोको रक्सीको ब्राण्ड खोजी गरेको छ । स्याङ्जा, नवलपुर, कास्की, म्याग्दी र लमजुङ गरी पाँच जिल्लाबाट एक÷एक किलो कोदो, कोदोको रक्सी, रक्सी बनाउन प्रयोग गरिने मर्चा ४२५ सेम्पल संकलन गरिएको गण्डकी विश्वविद्यालयका रजिष्ट्रार डा कैलाश तिमिल्सिनाले जानकारी दिए ।
‘दक्षिण कोरियामा स्थानीय रक्सी सुजु नामको आफ्नै ब्राण्ड छ’ डा तिमिल्सिना भन्छन, ‘नेपालमा पनि कोदोको ब्राण्ड किन नबनाइने ? घरेलु उत्पादनलाई प्राथमिकता दिन र विदेशी रक्सीको आयात कम गर्नको लागि कोदोको ब्राण्ड खोजी गर्न लागीएको हो ।’ उनले नमुना संकलन गरि परीक्षणको लागि पठाइसकिएको बताए । ‘विदेशी रक्सीलाई रोक नै त लगाउन नसकिएला, आयात कम गर्न खोजेका हौ’ उनले थपे, ‘स्थानीय रक्सीको कारोबार हुन थाल्यो भने ठूलो आर्थिक कारोबार नेपालमा नै हुने थियो ।’ ब्राण्डिड रक्सीको लागि करोडौ रुपैयाँ विदेशीएको उनले बताए । कोदोको रक्सी खाएर बाग्लुङमा ८ जनाको ज्यान गएको थियो । त्यस घटनाबाट नै विश्वविद्यालयले कोदोको रक्सीमा के के मिसाएर बनाइएको हुन्छ ? कस्तो रक्सी खादाँ ज्यान जान्छ र कस्तो रक्सी खादाा ज्यान जाँदैन भन्ने विषयमा अनुसन्धान थालिएको जनाएको छ । कोदो र रक्सी गुणस्तर मापन तथा खाद्य विभागको प्रयोगशाला र मर्चा परीक्षको लागि कृषि विश्वविद्यालय चितवन पठाइएको छ ।
रक्सीमा कुन कुन तत्व हुन्छ भनेर पनि अनुसन्धान थालिएको रजिष्ट्रार तिमिल्सिनाले बताए । विविले पठाएको रक्सीमा खाद्य विभागको विश्लेषणबाट इथानेल, मिथानेल, आर्सेनिक, लिड, मर्करी लगायत के–कति मात्रामा छ भन्ने पत्ता लाग्ने उनको भनाई छ । उनले साँस्कृतिक र स्वास्थ्य दुवै पक्षलाई मध्यनजर गर्दै अध्ययन गरिने बताए । कोदोको रक्सी कति समयसम्म राख्न मिल्छ, गर्मी र चिसो समयमा रक्सी कति राखिन्छ ? कसरी गुणस्तर कायम गर्न सकिन्छ ? भन्ने विषयमा पनि बहस चलेको छ । विभागको नतिजापछि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसार रक्सीको गुणस्तर छ या छैन भनेर सम्बन्धित विज्ञसँग अध्ययन गराइने विविले जनाएको छ ।
कोदोको रक्सी बनाएरै जिविकोपार्जन गर्ने प्रशस्त रहेकाले यसलाई महत्व दिदै बजारीकरण गर्ने विविको योजना छ । कसरी व्यवस्थापन गर्ने भनेर संघीय सरकारसँगै छलफल गर्ने तिमिल्सिनाले बताए । ‘हामीले आर्थिक पक्षलाई पनि हेर्नुपर्छ’ उनले थपे, ‘कानुनी रुपमा मान्यता दिने हो भने कोदोकै रक्सीबाट ठूलो मात्रामा आर्थिक कारोबार हुन्छ । विदेशी रक्सी भन्दा स्वदेशी रक्सीकै ब्राण्ड बन्छ र माग बढ््छ ।’
