कोरला नाका सधैको लागि खुल्ने

Share this post :

Facebook
Twitter
WhatsApp

हिमाल पारीको जिल्ला मुस्ताङसँग जोडिएको चीनको नाका सधैका लागि खुल्ने भएको छ । मुस्ताङको कोरला नाकामा पूर्वाधार निर्माणका लागि चिनियाँ पक्षले सहयोग प्रदान गर्ने भएको छ ।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र चीनको साताव्यापी भ्रमण पूरा गरी स्वदेश फर्केका प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङको कोरला नाका खोल्नुका साथै किमाथांका र ओलाङ्चुङ्गोला नाका पनि चाँडै सञ्चालनमा ल्याउने विषयमा द्विपक्षीय छलफल भएको बताएका छन् ।
नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडानका लागि दुई देशका उड्डयन निकायबीच सहकार्य गर्न प्रोत्साहन गर्ने बारेमा सकारात्मक छलफल भएको प्रधानमन्त्री दाहालले बताए । तिब्बत र नेपाललाई रेल, सडक, हवाई सेवा, विद्युत् प्रसारण लाइन, सूचनामार्ग सबै क्षेत्रबाट जोडेर हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जालको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्ने तथा ल्हासाबाट काठमाडौ हवाई सेवा पुनः सञ्चालन गर्नसमेत चिनियाँ पक्षलाई अनुरोध गरिएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।
चीनका प्रधानमन्त्री लि छियाङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री दाहालले यही सेप्टेम्बर २३ देखि ३० सम्म मित्रराष्ट्र चीनको औपचारिक भ्रमण गरेका हुन् ।भ्रमणका दौरान चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भएका छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको प्रमले उल्लेख गर्दै विगतमा भएका समझदारीको कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त भएको जनाए ।
गण्डकी प्रदेशमा रहेको कोरला नाका चीनसँग जोडिने महत्वपूर्ण नाका हो । यहाँ वर्षमा एक पटक मेला लाग्थ्यो तर, कोरोना महामारीपश्चात मेला महोत्सव पनि लागेको छैन् । नेपालबाट उत्पादित वस्तु निर्यातमा पनि रोक लगाइएको छ । चीनतर्फ भौतिक संरचना बनाएर आफ्नो जमिनको संरक्षण गरिएको छ भने, नेपालको सीमाना खुला छाडिएको छ । नेपाली बोर्डर कट्न पाउदैनन् । प्रधानमन्त्री प्रचण्डले उक्त सीमाना सधैका लागि खुल्ने गरी तयारी भइरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *