कोरियन भाषा परीक्षा पुस १ देखि हुने

Share this post :

Facebook
Twitter
WhatsApp

२०२१ को कोरियन भाषा परीक्षा आगामी पुस १ देखि ७ गतेसम्म संचालन हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले एक सूचना गर्दै भाषा परीक्षा पुस १ देखि हुने जानकारी दिएको छ ।
परीक्षाको दिएको एक महिनामै नतिजा प्रकाशन हुने इपिएस शाखाले जनाएको छ । उत्पादनमुलक, कृषि तथा पशुपालन क्षेत्रमा काम गर्नका लागि कोरियाले नेपाली युवाहरुलाई लाने गरेको छ ।
भाषा परीक्षाको लागि मंसिर ६ देखि ८ गतेसम्म आवेदन दर्ता गर्नु पर्नेछ । अनलाइनमार्फत आवेदन भरिसकेपछि प्रवेशपत्र डाउनलोड तथा प्रिन्ट गरी राख्नुपर्नेछ ।
परीक्षा शुल्क अमेरिकी डलर २४ तोकिएको छ । राष्ट्र बैंकले तोकेको सो बराबरको बिनिमयदरको हिसावले नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको खातामा जम्मा गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *